प्रभु महालक्ष्मी लाइफको नाफा बढ्यो


काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा १०४.४० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत वित्तीय विवरण अनुसार ३६ करोड ६१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९ ८० मा कम्पनीले १७ करोड ९१ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन ४ अर्ब ३७ करोड २३ लाख ३४ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो बीमा शुल्क आर्जन २ अर्ब ५ करोड १९ लाख रुपैयाँ मात्रै रहेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११३.०८ प्रतिशतले बढेको हो ।

खुद बीमा शुल्क आर्जन ४ अर्ब २३ करोड ८० लाख रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा खुद बिमा शुल्क आर्जन १२२.४० प्रतिशतले बढेको हो ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ भने महाविपत्ती कोषमा ९ करोड ६ लाख रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.५२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२७.०३ रुपैयाँ ०३ पैसा छ ।