काठमाडौँ । स्मार्ट एप्लाएन्सेस प्रा.लि. र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीकालागि सहकार्य गर्ने सहमति भएको छ । दुबैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा बिश्रामस्थलमा स्वच्छ खानेपानी सेवाकालागी सहकार्य गर्ने सहमति गरेका हुन् ।
केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारा सहित आगामी दिनहरुमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रहरुसँग सहकार्यगरी निःशुल्क लिभप्युअर आर.ओ. ड्रिङ्किङ वाटर सिस्टम जडान गर्नेे कम्पनीले जनाएको छ ।
स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले थप ३ वटा पोर्टेवल रिवर्स अस्मोसिस मेसिन जडान गरि अस्पतालमा स्वच्छ पिउने पानीको उपलब्धतालाई थप सहज बनाउने ॐ हस्पिटलका प्रशासकीय व्यवस्थापक विपिन जङ्गमले बताए ।
प्रतिक्रिया दिनुहोस्