काठमाडौँ । आजदेखि राजधानीको भृकुटीमण्डमा सुरू भएको ‘नाडा अटो शो २०२४’ मा रोयल इन्फिल्डको हिमालयन ४५० सार्वजनिक भएको छ । अफरोड मोटरसाइकल पारखीमाझ चासोको दुई पाङ्ग्रे सवारी हिमालयम ४५० उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका हुन् । रोयल इन्फिल्डको नेपालस्थित आधिकारिक बिक्रेता त्रिवेणी ग्रुपअन्तर्गतको अल्फा अटोभोटिभ्स हो ।
सो नयाँ मोटरसाइकलमा कम्पनीले पहिलोपटक लिक्विड कुल्ड इन्जिन दिएको छ । यसमा जडान भएको ४५२ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिनले ४० बीएचपी पावर र ४० एनम नै टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ । हिमालयन ४५० को मूल्य ९ लाख ८९ हजारदेखि १० लाख ३९ हजार रुपैयाँसम्म रहेको छ ।
साथै सोही नयाँ मोटरसाइकल मार्फत कम्पनीले पहिलो पटक सिंगल सिलिन्डर इन्जिनमा ६ स्पिड गियरवक्स दिएको छ । सो ब्रान्डको सिंगल सिलिन्डरमा यसअघि ५ स्पिड गियरवक्स मात्र उपलब्ध रहेको थियो । ६ स्पिड गियरवक्स जडान भएपछि यसलाई उच्च गतिमा हाँक्न सकिने कम्पनीको दाबी छ ।
सो नयाँ मोटरसाइकलको अगाडी २१ इन्च र पछाडी १७ इन्चको वायर–स्पोक ह्विल पाउन सकिन्छ । यसको दुवै चक्कामा सिएट ब्रान्डको डुअल–प्रापोज ट्यूव टायर जाडन गरिएको छ । साथै यसमा लङ ट्राभल सस्पेन्सन, स्विचवेल एविएस, अपस्वेप्ट एक्जस्ट र अफरोड पेग लगायत फिचर दिइएको कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्