आइतबार ५३ अंकले घट्यो नेप्से, कारोबार रकम १० अर्ब ५० करोड रुपैयाँ


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर सेयर मापक सूचक नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरबमूल्य घटेको छ भने १ उपसमुहको सेयरमूल्य मात्रै बढेको छ ।

आइतबार कारोबार रकमका आधारमा गुड विल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५२ करोड ३१ लाख १० हजार ४९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन सुपरमाई हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । पिपुल्स हाइड्रोपावर कम्पनी र माइखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३४९ रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।