सोमबार १२७ अंकले बढ्यो नेप्से


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

सोमबार कारोबार रकमका आधारमा गुड विल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड ५२ लाख ५१ हजार ९०० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन ७ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।