महासंघ र सिमिटको सहकार्यमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मुलुकको अतिनै महत्वपूर्ण विषय लघु साना तथा मझौला कृषि उद्यमका अवसर र चुनौती विषयक कार्यशाला गोष्ठी आयोजनाको लागि आभारी रहेको बताए ।

सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१—२०९१ मनाउन लागेको जानकारी गराउँदै मन्त्री अधिकारीले कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भएको जानकारी गराए । महासंघ कृषि उद्यम केन्द्रकोद्धारा आयोजित गोष्ठीको निष्कर्ष कृषि दशकको लागि मार्गदर्शक बन्न सकोस भन्ने कामना मन्त्री अधिकारीले व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरुले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याहरुको निराकरण गर्न सबैपक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताए ।

महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीहरुलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुकालागि, स्थापना काल देखि नै कार्य गर्दै आईरहेको उल्लेख गरे ।

युएसएडको सहयोगमा सिमिटद्धारा संचालित नेपाल सेड एण्ड फर्टिलाइजर प्रोजेक्ट (एनएसएफ) ले लघु, साना तथा मझौला उद्यमहरुलाई सहयोग कार्यक्रम संचालनकालागि एफएनएसिसिआईरएइसीसँग सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरे ।

एनएससएफ परियोजनाले नेपालको कृषि रुपान्तरणका लािग महत्वपूर्ण योगदान गरिरहेको, यसले मकै लगायतका बालीहरुलाई गर्ने प्रबद्र्धनबाट देशमा वर्षेनी बढ्दै गएको मकैको मागलाई सम्बोधन गर्न योगदान पुर्याईरहेकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गर्दै यस्तोमा सिमिटले नेपालमा मकैको बिऊ सुधारका साथै उत्पादन र उत्पादकत्व बृद्धिका लागि कार्य गर्ने गरी एनएसएफ परियोजना संचालन गर्नु सुखद रहेकोले यस्ता परियोजनाहरु निरन्तर संचालित हुनपर्ने बताए ।

निजी क्षेत्रको प्रतिनिधधको रुपमा आबश्यक पर्ने सहयोगका लागि सदैब तत्पर रहको बताउँदै अध्यक्ष ढकालले व्यवसाय मैत्री बाताबरण श्रृजनाकालागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने आजको आबश्यकता लाई नीजि क्षेत्रको तर्फबाट सहकार्यकालागि आह्वान गरे ।

कृषि उद्यम केन्द्रका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डि.बी. बस्नेतले एईसीले गरेको कामहरुको बारेमा उल्लेख गरे । २०४८ सालमा नेपाल उद्योग वाणिज्य महासंघको कृषिसंग सम्बन्धित एकाईको रुपमा स्थापना भएको कृषि उद्यम केन्द्र (एईसी) स्थापनामा नेपाल स्थित अमेरिकन सहयोग नियोग युएसएडको ठूलो भूमिका रहेको बताए ।