प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा स्किमको लाभांश घोषणा


काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा स्किमको लाभांश घोषणा गरिएको छ । प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्माट ए फण्डको लाभांश घोषणा गरेको हो ।

योजना व्यवस्थापक प्रभु क्यापिटलको भदो ३१ गते बसेको सञ्चालक समितिको बैठकले यी म्युचुअल फण्डका इकाईधनीहरु लाई आर्थिक २०८०र८१ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले प्रभु सेलेक्ट फण्डका लागि १० प्रतिशत र प्रभु स्मार्ट फण्डका लागि ८.५० प्रतिशत लाभांश(कर सहित) दिने निर्णय गरेको छ । यी दुवै योजना बन्दमुखी योजना हुन् ।