आइतबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले ७ दिनको लागि बोलकबोल मार्फत निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई असोज २० गते साँवा ब्याज भुक्तानी गर्ने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

राष्ट्र बैंकले असोज ९ गते १४ दिनको बोलकबोल मार्फत ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।