शिखर इन्स्योरेन्सको सीईओमा पुनः नियुक्त भए पाण्डे


काठमाडौँ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिप प्रकाश पाण्डे आगामी चार बर्षका लागि पुनः नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको असोज १ गते बिहिबारका दिन बसेको बैठकले पाण्डेलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।