क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत


काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०८०।८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट मिति २०८१ साल कात्तिक २६ गते स्वीकृत भएको हो ।

बीमा कम्पनीको अर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्वपूर्ण आधारको रुपमा बीमाङ्किय मूल्याङ्कनलाई लिने गरिन्छ ।