हिरोका दुई नयाँ एक्स्ट्रिम मोटरसाइकल सार्वजनिक, सुरुवाती मूल्य कति ?


काठमाडौँ । हिरो मोटोकर्पले नेपाली बजारमा आफ्नो एक्स्ट्रिम सिरिजका दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्स्ट्रिम १६० आर फोर भी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको हो।

एक्स्ट्रिम १६० आर फोर भीमा १६३.२ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर भल्भ, हेड र आयल कुल्ड इन्जिन छ, जसले ८५०० आरपीएममा १६.९ पीएस पावर उत्पादन गर्छ। कम्पनीका अनुसार यो मोटरसाइकलले ४.४ सेकेन्डमा ०–६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्षम छ। यसको सुरुवाती मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकिएको छ।

यस्तै, एक्स्ट्रिम १२५ आर दुई भेरियन्टमा उपलब्ध छ। सीबीएस भर्सनको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ र एबीएस भर्सनको मूल्य ३ लाख ११ हजार ९०० रुपैयाँ रहेको छ। यसमा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कुल्ड, स्प्रिन्ट ईबीटी इन्जिन प्रयोग गरिएको छ, जसले ८२५० आरपीएममा ११.५० बीएचपी पावर उत्पादन गर्छ। मोटरसाइकलमा ५ स्पीड गियरबक्स, डाइमन्ड फ्रेम, स्प्लिट सीट र शोवा प्रिलोड एड्जस्टेबल मोनोशक जस्ता विशेषताहरू रहेकाे कम्पनीकाे दाबी छ ।

हिरोले एक्स्ट्रिम १२५ आरलाई टीभीएस रेडर १२५ र बजाज पल्सर १२५ जस्ता प्रतिस्पर्धी मोडलहरूसँग प्रतिष्पर्धा गर्ने दाबी गरेको छ। कम्पनीले नयाँ मोडलहरूमा परफर्मेन्स र स्टाइलिङलाई प्राथमिकता दिँदै ग्राहकहरूको आकर्षण बढ्ने विश्वास लिएको छ।