बढ्यो नेपालको वैदेशिक व्यापार


काठमाडौँ । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालकोे वैदेशिक व्यापार बढेको छ । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालको आयत ३ प्रतिशतले बढेको छ भने निर्यात १६.५४ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८१ ८२ को मंसिरसम्म नेपालले ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार ४.२१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो ५ महिनामा ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालले ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार रुपैयाँ बराबरको सामान आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँ बराबरको आयात गरेको थियो । नेपालको आयात गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा ३ प्रतिशतले बढेको हो ।

नेपालको निर्यात पनि गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो ५ महिनामा १६.५४ प्रतिशतले बढेको हो । नेपालले चालू आर्थिक वर्षको पहिलो ५ महिनामा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको थियो ।

नेपालको व्यापार घाटा ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रुपैयाँको व्यापार घाटा रहेको छ ।