सुजुकीको पहिलो ईभी ई-भिटारा भारतमा सार्वजनिक, यस्ता छन् विशेषता


काठमाडौँ । मारुती सुजुकीले इन्डिया ग्लोबल मोबिलिटी एक्स्पो २०२५ मा आफ्नो पहिलो इलेक्ट्रिक कार ई-भिटारा सार्वजनिक गरेको छ । मारुती कार दुई ब्याट्री प्याक विकल्पहरूसँग प्रस्तुत गरिएको छ। यसमा ४९ किलोवाट आवर ब्याट्रि र ६१ किलोवाट आवर ब्याट्रि प्याकहरू समावेश छन्।

यो कार एक पटक फुल चार्जमा ५०० किलोमिटरभन्दा बढी चल्ने कम्पनीको दाबी छ । यो इलेक्ट्रिक एसयूभी सुजुकी मोटर गुजरात प्राइभेट लिमिटेडको प्लान्टमा फेब्रुअरी २०२५ देखि उत्पादन हुनेछ। यो जुन महिनामा युरोप, जापान र भारतमा बिक्रीको लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

मारुति ई भिटाराको मूल्य ४९ किलोवाट आवर ब्याट्रि प्याकको आधार मोडेलको लागि लगभग २० लाख भारु (एक्स-शोरूम) हुन सक्छ। साथै, उच्च शक्तिको मोटरसहितको ६१ किलोवाट आवर ब्याट्रि प्याक भएको मोडलको मूल्य २५ लाख रुपैयाँ (एक्स-शोरूम) राख्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मारुती सुजुकी ई-भिटाराको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र १६३५ एमएमको उचाइ रहेको छ । यो ईभी २७०० एमएमको ह्वीलवेसमा बनेको हो । ई-भिटारा अल ह्वील ड्राइभमा १९ इन्चको ह्वील छ । सिंगल ह्वील ड्राइभ भर्सनमा भने १८ इन्चको ह्वील रहेकाे कम्पनीले जनाएकाे छ ।