काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । माघ ४ गते बसेको सञ्चालक समितिको बैठले १४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४ प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने छ भने बोनस सेयरमा लाग्ने कर बापतको रकम भने सेयरधनीहरुले आफैँले भुक्तानी गर्नुपर्नेछ ।
उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गर्ने र प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्