हकप्रद सेयर जारी गर्ने तयारीमा नेपाल ल्युब आयल


काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको माघ ११ गते बसेको सञ्चालक समिति बैठकले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्दै विषेश साधारण सभा बोलाएको छ ।

समितिको बैठकले यही माघ २९ गते ललितपुरको पुल्चोकमा रहेको द प्लाजामा बिहान ११ बजेदेखि विषेश साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

यस अघि आयलले घोषणा गरेको एफपीओ निष्कासन गर्ने प्रस्ताव खारेज गर्दै कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने भएको हो । कम्पनीले डाकेको विषेश साधारण सभामा हाल कायम रहेको चुक्ता पूँजीको साधारण सेयर संख्याको आधारमा १ः२ अनूपातमा हकप्रद निष्कासन गरि पूँजी वृद्धि गर्ने विषेश प्रस्ताव पारित गरिनेछ ।