काठमाडौँ । पूर्व गृहमन्त्री एंव रास्वपा सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश भएको छ ।
बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका उनलाई जिल्ला अदालत, रुपन्देहीले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएकाे हो ।
न्यायाधीश प्रल्हाद कुमार योगीको इजलाशले उनलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको हो । लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्