काठमाडाैँ । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका नेपाली फुटबल लिगको विभिन्न डिभिजन खेल्ने १२ वटा क्लवलाई सम्मान गरेको छ ।
ललितपुरमा आइतवार एक कार्यक्रम आयोजना गर्दै महानगरपालिकाले क्लवलाई नगदसहित सम्मान गर्दै प्रतियोगिता जितेबापत थप पुरस्कारबाट प्रोत्साहन गरेको हो ।
उनीहरूलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र एन्फाका महासचिव किरण राईलगायतले पुरस्कार रकमको चेक हस्तान्तरण गरेका थिए ललितपुरले शिर्ष डिभिजनका पाँच क्लव थ्री स्टार, प्रेण्ड्स, जावलाखेल युथ, चर्च ब्वाइज र सातदोबाटो युथ क्लवलाई समान चार लाख रुपैयाँ प्रदान गरेको हो ।
विभिन्न प्रतियोगिता जितेबापत पनि समान चार लाखका दरले चर्च ब्वाइज र ‘बी’ डिभिजन क्लव ब्रिगेड ब्वाइज युनाइटेडले थप पुरस्कार पनि पाए । चर्च ब्वाइजले पाँच नकआउट र ब्रिगेडले दुई प्रतियोगिता जितेको थियो । चर्च ब्वाइजले कुल २० लाख र ब्रिगेड ब्वाइजले कुल आठ लाख रुपैयाँ पुरस्कार पाए ।
बिग्रेडसँगै ‘बी’ डिभिजनका अन्य दुई क्लव च्यासल र खुमलटार एफसीले पनि समान तीन लाख रुपैयाँ पाएका हुन् । ललितपुर महानगरले ‘सी’ क्लवलाई भने समान दुई लाख प्रदान गरेको थियो । ललितपुरमा रहेका ‘सी’ डिभिजन क्लबका खालीबारी, पुलचोक स्पोटर््स, झम्सीखेल युथ र सानेपा क्लवलाई पनि सम्मान गरिएको थियो ।
ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले ‘बी’ डिभिजनबाट शिर्ष डिभिजनमा पुग्ने क्लवलाई २० लाख रुपैयाँ दिन बताए । उनले लिग नहुने हो भन्दै एन्फालाई प्रश्न गर्दै खेलाडी पलायन हुने उल्लेख गरे। फुटबल लिग नहुँदा फुटबलको स्तर घट्ने उल्लेख गर्दै मेयर महर्जनले एन्फालाई लिग आयोजना गर्न अनुरोध गरे । उनले आगामी वर्ष ‘ए’ डिभिजन क्लवमा खेल्ने ललितपुरका एक जना खेलाडीलाई मासिक रूपमा तलवको व्यवस्था गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्