काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरी विभिन्न डेरी तथा बेकरी उद्योगका खाद्य पदार्थको निरीक्षण तथा अनुगमनलाई तीव्र पारेको छ।
यसै क्रममा, विभागको र्यापिड रेस्पोन्स टिमले माघ २० गते भक्तपुर नगरपालिकाको परिसरमा रहेका दुईवटा डेरी तथा बेकरी उद्योगको अनुगमन गर्दै दूध तथा तेलका नमुना संकलन तथा परीक्षण गरेको थियो । अनुगमनको क्रममा भक्तपुर वडा नम्बर ८ स्थित श्री गणेश बेकरी लाई उद्योग दर्ता तथा खाद्य अनुमति पत्र बिना नै व्यवसाय सञ्चालन गरेको पाइएपछि कारवाही गरिएको विभागले जनाएको छ।
बेकरीमा मसीजन्य पत्रिका प्रयोग गरी उत्पादन गरिएका १६ ट्रे (करिब ६४ केजी) केकजन्य पदार्थ नष्ट गरिएको छ। साथै, उद्योगलाई सम्बन्धित निकायमा दर्ता गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएपछि मात्र खाद्य उत्पादन तथा बिक्री वितरण गर्न निर्देशन दिइएको छ। तत्कालका लागि उत्पादन तथा बिक्री रोक्का गरिएको विभागले जनाएको छ।
यस्तै, माघ १८ गते काठमाडौँ वडा नम्बर ६ बौद्धस्थित लभि प्रा. लि. को किचन तथा भण्डारण कक्षको अनुगमन गरिएको थियो। निरीक्षणका क्रममा कृत्रिम रंग मिसावट गरिएको १र२ केजी चिकेन तन्दुरी नष्ट गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कैफियत भेटिएका उद्योग तथा होटलहरूलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्