काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ ओटा उपसुमहको सेयरमूल्य घटेको छ भने हाइड्रोपावर उपसमुहको सेयरमूल्य ०.१५ प्रतिशतले बढेको छ ।
मंगलबार नेपाल इन्फ्राइस्टक्चर डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड८७ लाख रुपैयाँ बढिको कारोबार भएको छ ।
आजको दिन जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।
त्यस्तै आज ३ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ । जसमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् ।
कुल ३१५ कमपनीको १ करोड ६९ लाख १७ हजार ८ सय ३५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्