भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालसँग भारतीय राजदूत श्रीवास्तवको भेट


काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेल मार्गका बारेमा कुरा गरेका थिए । यस्तै उनले रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलव्ध गराउन भारत तयार रहेको समेत उल्लेख गरे।

त्यस क्रममा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पु¥याएको योगदानको प्रशंसा गरे । आगामी दिनमा दुई देश विचको सम्वन्ध थप प्रगाढ बन्ने समते उनले उल्लेख गरे ।

भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीहरु विच छिटै बैठक बस्ने विश्वास व्यक्त गरे। सो भेटमा रेल विभागका महानिर्देशक अजयकुमार मुल, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका प्रमुख सुशीलबाबु ढकाल, अन्य सहसचिवहरू लगायतका अधिकारीहरु सहभागी रहेका थिए ।