सोमबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य एक हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक लाख ६८ हजार २०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार एक हजार ४०० रुपैयाँले बढेर एक लाख ६९ हजार ६०० रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ९७५ रुपैयँ कायम भएको छ ।