काठमाडाैँ । काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागले आ.व. २०८१/८२ को ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत निःशुल्क व्यावसायिक र सीपमूलक तालिम सञ्चालन गर्ने घोषणा गरेको छ।
यस योजनामा काष्ठकला, मूर्तिकला र हस्तकला (सेरामिक्स) जस्ता विविध विषयमा तालिम दिइनेछ। इच्छुक नेपाली नागरिकहरूले आगामी फागुन ५ गतेभित्र आवेदन दिन सक्नेछन्।
यो तालिम ३ महिना अवधिको हुनेछ, र प्रत्येक विषयमा २० जना गरी जम्मा ६० जनालाई चयन गरिनेछ। आवेदनका लागि न्यूनतम ८ कक्षा उत्तीर्ण र १८ देखि ४५ वर्ष उमेर सीमा रहेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन फाराम नगर कार्यपालिकाको कार्यालय, कमलादी स्थित एकल सेवा केन्द्रबाट प्राप्त गर्न सकिन्छ र अनलाइन आवेदनको लागि लिंक पनि उपलब्ध गराइएको छ।
चयन प्रक्रिया काठमाडौँ महानगरपालिकाको प्राथमिकता श्रेणी अनुसार हुनेछ। यस सम्बन्धी थप जानकारीको लागि विभिन्न सम्पर्क विवरण पनि उपलब्ध गराइएको छ।
प्रतिक्रिया दिनुहोस्