सायम प्रिमियर लिगः सायम ब्लास्टरको शानदार जित


काठमाडाैँ । सायम प्रिमियर लिग (एसपीएल) को चौथो संस्करणको फाइनलमा सायम ब्लास्टरले उत्कृष्ट प्रदर्शन गर्दै सायम सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको छ ।

प्रतिक्षित फाइनल खेलमा सायम ब्लास्टरले प्रभावशाली खेल देखाउँदै लक्ष्य पछ्याउने क्रममा सहज जित निकालेको हो। यस जितसँगै, टिमले पुनः एकपटक एसपीएलको उपाधि उचाल्दै आफ्नो दबदबा कायम राख्न सफल भएको छ।

टिमको प्रभावशाली प्रदर्शनप्रति समर्थकहरू उत्साहित देखिए भने क्रिकेटप्रेमीहरूले पनि प्रशंसा व्यक्त गरेका छन्।