काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीको आठौँ वार्षिक साधारणसभा आगामी चैत ८ गते बोलाएको छ । कम्पनीको साधारणसभा काठमाडौँ नयाँ बानेश्वर शंखमुलमा रहेको अनमोल बैंक्वेटमा हुने जनाइएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १.२४८९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने उल्लेख गरिएको छ।
सभाले सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने जनाइएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्