काठमाडौँ । एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन् ।
‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत, ग्राहकहरूले रिन्यूअल प्याक तथा अन्य प्रोडक्टहरू खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्छन् । यो अफर बिहीबार (फागुन १५) देखि लागू भएको छ । अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्ने सधैं अन रिन्यूअल प्याक हालैमात्र संचालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको हो । यो बोनस अफर एष्ट्रिक्स१२३ह्यास डायल गरी प्याक खरिद गर्ने ग्राहकहरूको लागि मात्र मान्य हुने कम्पनीले जनाएकाे छ ।
‘म्याजिक रिसोर्सेज’ बोनस अफर अन्तर्गत, सधैं अन रिन्यूअल प्याक, होम एण्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा लगायत १५ विभिन्न प्याकहरू खरिद गर्ने ग्राहकहरूले बोनस सुविधाहरू प्राप्त गर्न सक्छन् । उदाहरणका लागि, रु. ७९९ को होम एन्ड अवे रिन्यूअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने २८ दिनको समयावधि भएको मुख्य सेवा ६५ जीबी डेटा बाहेक ८ जीबी डेटा वा २०० मिनेट अन–नेट टक टाइम वा २०० अन–नेट एसएमएस बोनस रूपमा प्राप्त गर्ने कम्पनीकाे दाबी छ ।
यस अफरअन्तर्गत समावेश सधैं अन रिन्यूअल प्याकहरूमा प्याक अनुसार ग्राहकहरूले ५ जीबीदेखि ७.५ जीबीसम्म डेटा वा २० मिनेटदेखि ८० मिनेटसम्म अन–नेट टक टाइम, वा १० देखि २०० अन–नेट एसएमएस बोनसका रूपमा पाउँछन् ।
त्यसैगरी सात दिन समयसीमा रहेको रु. २०० को कम्बो प्याकमा, ग्राहकहरूले प्याकमा समावेश रहेको ५० मिनेट टक टाइम र अनलिमिटेड डेटासँगै बोनस वापत २ जीबी डेटा वा ५० मिनेट अन–नेट टक टाइम, वा १० अन–नेट एसएमएस प्राप्त गर्दछन् । त्यस्तै, रु. ४९९ को अनलिमिटेड भ्वाइस रिन्यूअल प्याकमा, ग्राहकहरूले ५ जीबी डेटा वा १०० मिनेट अल नेट टक टाइम, वा १०० अन–नेट एसएमएस बोनस प्राप्त गर्न सक्छन् ।
बोनस स्वरुप पाइने यी सेवा, सुविधाहरुले ग्राहकको अनुभव वृद्धि गर्नुका साथै हरेक सेवा खरिदमा ग्राहकहरुलाई थप लाभ मिल्ने एनसेलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्