काठमाडाैँ । नेपाली काँग्रेसले पाथीभरा केबलकारको विषय छलफलबाट टुंगो लगाएर विकास निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिएको छ ।
शुक्रवार बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पाथीभरा मन्दिर आस्थाको केन्द्र भएकाले धार्मिक आस्थामा क्षति नपुग्नेगरी केबलकार निर्माण गर्नुपर्नेमा जोड दिइएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
उनले केबलकार निर्माणले आस्थामाथि प्रहार गर्ने नभइ श्रद्धाालुहरुलाई सहज पुहुँच पुर्याउने बताए । बैठकमा स्ववियु निर्वाचनको पारदर्शिता सुनिश्चित गर्नेकुरामा पनि सबै राजनीतिक दलहरूसँग छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको बताए । अनावश्यक झैझगडा हुन नदिने गरी शान्तिपूर्वक स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने बारेमा छलफल भएको बताए।
उनले संविधान संशोधनको विषयमा पनि छलफल भएको र त्यसमा सरकारको तर्फबाट कार्यदल बनेको र संशोधन आवश्यक भएका विषयमा आफ्नो पार्टीले धारणा बनाउने बताए । बैठकबारे जानकारी दिँदै पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले निर्वाचन सम्बन्धी विधेयक गृह मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले गृहकार्य गरिरहेकाले सो विषयमा छलफल गरेको बताए।
विधेयबारे सैद्धान्तिक छलफल भएको र राजनीतिक दलसम्बन्धी विधेयकका कतिपय दफाहरु शुन्यताको अवस्थामा रहेकाले उक्त विधेयकमा के गर्ने भन्नेबारेमा छलफल भएको बताए । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाई कसरी जिताउने भन्नेबारेमा छलफल भएको बताए ।उनले विधेयकहरु कसरी छिटो भन्दा छिटो अघि बढाउने भन्नेबारेमा छलफल भएको बताए ।
प्रतिक्रिया दिनुहोस्