छिमेक लघुवित्तको एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौँ। छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको एक लाख कित्ता सेयर बिक्री खुला गरेको छ । कम्पनीले ४ जनाको नाममा रहेको संस्थापक सेयर प्रतिकित्ता न्यूनतम ४४५ रुपैयाँमा विक्रीमा ल्याएको हो । सेयर खरिदको लागि कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने जनाइएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार (फागुन १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ भने उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।