काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको सहकारीको खर्बाैं रकम सैन्य संगठन नाटो देशको हितमा गएको भन्ने सार्वजनिक भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा उनले सहकारी संस्थाको रकम जिल्ला, प्रदेश र महासङ्घ हुँदै साम्राज्यवादीहरुको सैन्य संगठन नाटो देशको हितमा प्रयोग भएको जिकिर गरे ।
उनले सरकारले खारेज गर्न लागेको सत्र हजार सहकारी संस्थामा रकम जम्मा गरेको पीडितको वचत कसरी फिर्ता गर्ने भन्दै सरकारसँग प्रश्न गरे । सर्वसाधारणको वचत हिनामिना गर्ने सहकारी बैंक तथा सहकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति रोक्का गरी जनताको वचत फिर्ता गराउनु पर्ने उनको भनाइ छ ।
सांसद सुवालले राष्ट्रपति वा प्रधानमन्त्री बन्नुभन्दा देशको हित हेर्नु महत्वपूर्ण भएको बताए । सरकारले जनताबाट उठाएको करले मात्रै काम गर्न नसक्ने हुँदा देश र जनताको सेवा गर्न उद्योग, व्यवसाय गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्