नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार


काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘बेस्ट २५ भिसा स्पेन्डर क्याम्पेन’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् ।

भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरुले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको छ । 

बैंकले एक कार्यक्रमको आयोजना गरी पाँच विजेताहरुलाई सम्मान तथा उपहार वितरण गरेको थियो ।