काठमाडाैँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा सार्वजनिक लेखा समितिले बनाएको उपसमितिको प्रतिवेदन अहिलेसम्म लुकाइएको भन्दै सांसदहरूले चर्को आलोचना गरेका छन् ।
समितिको शुक्रवारको बैठकमा बोल्ने सांसद्हरूले लेखा समितिले भैरहवा, पोखरा एयरपोर्टका विषयमा अध्ययन गर्न गठित उपसमितिले अझै प्रतिवेदन समिति समक्ष नबुझाएको भन्दै सांसद्हरूले आक्रोस पोखेका हुन् । बैठकमा नेकपा (एकीकृत समाजवादी) सांसद प्रेमबहादुर आलेले फेरि उपसमितिहरू बनाउने कुरा आएको भन्दै भैरहवा, पोखराको एयरपोर्टका विषयलाई डाइभर्ट गर्न खोजिएको त होइन ? भन्दै प्रश्न गरे । जबसम्म भैरहवा, पोखरा विमास्थल र ट्रक र डेडिकेटर लाइन नटुंगिने हो भने आफू कुनैपनि समितिमा नबस्ने समेत बताए ।
नेकपा एमाले सांसद गोकुल बास्कोटाले पोखरा र भैरहवाका सन्दर्भमा उपसमिति बनेको बताउँदै त्यसको प्रतिवेदन तयार भइसकेको बताए । उजुरी नपरी भैरहवा पोखराका बारेमा छनविन गरेर उपसमिति काम गरेको बताउँदै उनले फेरि उजुरीका भरमा छानविन गर्न आफू तयार नहुने बताए । आग्रह, पूर्वाग्रह, आशंकाका आधारमा कतिपय उजुरीहरु परेको बताउनु भयो । त्यस्ता उजुरीमा समितिमा छलफल चलाइन नहुने बताए ।
समिति सभापति ऋषीकेश पोखरेलले जतिपनि उपसमितिहरू बनाएर समितिमा छलफल भएका छन ती उजुरीहरूकै आधारमा भएको बताए । भैरहवा पोखरा एयरर्पोटको उपसमितिका प्रतिवेदन नआएकोबारे सांसद्हरूले उठाएको प्रश्नमा पोखरेलले प्रतिवेदन नल्याउँदै आनावश्यक टिकाटिप्पणी गर्न राम्रो नहुने बताए ।
गत जेठमा लेखा समितिले गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थलका बारेमा उपसमिति बनाएर अध्ययन गराएको थियो । उपसमितिले प्रतिवेदन तयार गरेको बताउँदै आएपनि अहिलेसम्म समितिलाई बुझाएको छैन । जसकारण सांसदहरुले प्रश्न उठाउँदै आएका छन् ।
समितिमा बोल्ने अन्य संसद्हरूले समितिमा आउने उजुरीहरूलाई छिटो टुंग्याउन प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिए । उनीहरूले संसदीय समितिमा परेका उजुरीहरूमाथि प्रभावकारी रुपमा छलफल गरेर निचोडमा पु¥याउन नसकेको भन्दै सभापतिको आलोचना समेत गरे ।
ठूलो संख्या उजुरीहरू आएको र त्यसबारे निष्कर्शमा पुग्नेगरी समिति सभापति ऋषिकेश पोखरेलले छलफल नचलाएको भन्दै आलोचना गरे । नेपाली काँग्रेस सांसद राजेन्द्रकुमार केसीले उजुरीहरुलाई कलस्टर बनाएर समितिमा छलफल गर्नुपर्ने बताए ।स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मन्त्रालयगत, निकायगत उजुरीहरु छुट्टाएर उपसमिति बनाई छलफल चलाउन ढिला गर्न नहुने बताए ।
राष्ट्रिय स्वतन्त्र पाटी सांसद् हरि ढकालले उपसमितिले कामै गर्न नसकेको बताए । ढकालले निर्णय भइसकेका विषयहरु समेत कार्यान्वयनमा जान नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्