काठमाडौँ । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको हो ।
घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। हितेन्द्र यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक बनाइएका थिए ।
प्रतिक्रिया दिनुहोस्