काठमाडाैँ । भारतले भूकम्प प्रभावित म्यानमारमा मेडिकल टास्क फोर्स खटाएको छ । देशको रक्षा मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।
शत्रुजित ब्रिगेड मेडिकल रेस्पोन्डर्सको ११८ सदस्यीय टोली आवश्यक चिकित्सा उपकरण र आपूर्तिहरूसहित म्यानमार गएको बताइएको छ ।
एयरबोर्न एन्जल्स टास्क फोर्स प्रकोप प्रभावित क्षेत्रहरूमा उन्नत चिकित्सा र शल्यक्रिया हेरचाह प्रदान गर्ने बताइएको छ । यसले भारतीय सेनाले विपत्तिमा घाइते भएकाहरूलाई तत्काल हेरचाह प्रदान गर्न ६० शैय्याको चिकित्सा उपचार केन्द्र स्थापना गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्