काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मसिना कुराहरूलाई इगोको रूपमा नलिइ संसद सुचारु गर्न प्रतिपक्षीलाई आग्रह गरेका छन् ।
सोमवार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले संसदमा ल्याइएका अध्यादेशहरू संविधान अनुसार नै भएकाले दुवै सदनबाट स्वीकृत भइसकेको बताएका हुन् । उनले संविधानलाई समृद्ध बनाउँदै कार्यान्वयनमा लैजान कानून निर्माण आवश्यक भएकाले अध्यादेश ल्याउनुपरेको बताए ।
उनले सबै दलको एकताबद्धताले स्थपित भएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले देशमा भइरहेका गणतन्त्र बिरोधी गतिविधि तथा आफ्नो थाइल्याण्ड भ्रमणको विषय रहेकाले सबै दलहरूलाई एकतावद्ध भएर संसद सुचारु गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खासतीबारे अदालतमा विचाराधिन रहेकाले संसदमा छलफल गर्नु उचित नहुने बताए । उनले लोकसेवाले नियुक्त गरेको बाहेक राजनीतिक नियुक्तहरू सरकार फेरिएपछि स्वतः फेरिने विधिमा जानु व्यस्था मिलाउनु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्