लिखित इतिहासले संस्कार र रितिरिवाज जीवन्त राख्छः उपप्रधानमन्त्री सिंह


काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले लिखित इतिहासले संस्कार र रितिरिवाज जीवन्त राख्ने बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित श्रीनृसिंह महात्म्य एवं स्मारिका २०८१ विमोचन तथा सम्मान कार्यक्रममा उनले पुर्खा दिएको असल अभ्यास तथा संस्कार नयाँ पिढीलाई हस्तान्तरण गर्न पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् ।

असल रितिरिवाज तथा संस्कृति जोगाउन नयाँ पुस्ता अगाडि आउनुपर्ने उनको भनाइ छ । उनले विभिन्न संस्कार, संस्कृति तथा पुर्खाको असल आचरणका बारेमा लेखिएका पुस्तकले नयाँ पुस्तालाई आकर्षित गर्ने बताए ।

उनले पुस्तक अध्ययन गरेर पुर्खाको नासोको संरक्षण तथा निरन्तरता दिन सकिने बताए । उपप्रधानमन्त्री सिंहले धर्म संस्कृति जोगाउन र अगाडि बढाउन सबैको योगदान हुनुपर्ने बताए ।