सुनको मूल्य हालसम्मकै उच्च, ६ हजार ९०० रुपैयाँले बढ्यो


काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।