जम्मू–कस्मिर घटना: शव अन्त्योष्टिको लागि त्रिवेणी लगिँदै


काठमाडौं । भारतको जम्मू–कस्मिर घटना: शव अन्त्योष्टिको लागि त्रिवेणी लगिँदैको पहलगाममा भएको आतंकवादी आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव घरमा ल्याइएको छ। मंगलबार मृत्यु भएका न्यौपानेको शव आज विहान बुटबल कालिका नगरस्थित घरमा ल्याइएको हो ।

मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै ल्याइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए । बिहान भारतीय पक्षले रुपन्देहीको प्रशासन रोहबरमा शवको जिम्मा लगाएको थियो।

उनकाअनुसार अहिले न्यौपानेको शव दाहसंस्कारको लागि नवलपरासी त्रिवेणीमा लगिँदै छ ।

न्यौपाने शनिबार आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि पहलगाम पुगेका थिए ।सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए । उक्त आतंकवादी आक्रमणमा उनीसहित २७ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।