काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य १० रुपैयाँले घटेर २ हजार रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्