हिमालय रिइन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०र८१ का लागि ४.७४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ४० करोडको ४.५० प्रतिशत बोनस र ०.२४ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) गरी कुल ४.७४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण हुनेछ ।