सुदुरपश्चिममा नाउपाका सांसद रामेश्वर चौधरी मन्त्री नियुक्त


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद् रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । आज बसेको प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

यसअघि भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका चौधरी पुनः मन्त्री बनेका थिए ।

उनको साँझ ५ बजे शपथ ग्रहणको तयारी रहेको छ ।