जगदम्बा मोटर्सलाई विभागले जरिवाना तिरायो


काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जगदम्बा मोटर्स प्रा.लि. लाई जरिवाना तिराएको छ ।

विभागले आइतबार अनुगमन गर्दा कसुर गरेको देखिएपछि २ लाख १५ हजार रुपैयाँ जरिवाना तिराएको जनाएको छ ।

यस्तै, भाटभटेनी सुपर मार्केट एण्ड डिर्पाटमेन्ट स्टोर प्रा.लिं. लाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।