काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने भएका छन् ।
मंगलबार (आज) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूचि रहेको संङ्घीय संसद सचिवालयले जनाएको छ ।
सुचिवालयका अनसार आज पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ ।
साथै भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्