गभर्नर छनौट समितिको बैठक बोलाइयो,मन्त्रीपरिषद् बैठक पनि आजै



काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्रीले गभर्नर छनौट समितिको बैठक बोलाएका छन् ।

समितिको संयोजक समेत रहेका अर्थमन्त्री पौडेलले पहिलो पटक गभर्नर छनौट समितिको बैठक बोलाएका हुन् ।

समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी तथा डा. पोषराज पाण्डे सदस्य छन् ।

समितिका एक सदस्यका अनुसार आझै गभर्नरको सिफारिस हुने छ ।

समितिको बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

गभर्नर नियुक्तिको विषयलाई लिएर सरकार नै धरमराएको चर्चाकाबिच गभर्नर नियुक्तिको सम्भावना बढेको हो ।

ती सदस्यले सम्भवत: आजै सबै विषय सल्टिने बताए ।

यसअघि विजयनाथ भट्टराई र डा.विश्वनाथ पौडेलले सदस्य पदबाट राजीनामा दिएपछि समिति नै विघटन गरेर नयाँ बनाइएको थियो ।

मन्त्रीपरिषद बैठक र गर्भनर सिफारिस समिति बैठक बोलाउनुअघि शिर्ष तथा दोस्रो तहका नेताबिच छलफल भएको थियो ।