काठमाडौं । हङकङको एक मात्र नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले हङकङमा घरेलु कामदारको माग धेरै रहेको बताएकी छिन् ।
तमु बौद्ध सेवा समितिले काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले हङकङमा धेरै सुविधाहरु रहेको भएपनि भाषाको कमजोरीका कारण नेपालीहरुले सदुपयोग गर्न नसकेको बताइन। हङकङमा नेपालीहरु अन्य देशहरुको तुलनामा भाषाको कमजोरीका कारण पिछडिएको अनुभव गरेको उनको भनाइ छ ।
“हङकङमा थुप्रै फ्यासीलिटीहरु छन्, तर नेपालीहरुले भाषाको कमजोरीका कारण जति ट्याक्स तिरेर काम गरेपनि हामीले यो कुरा थाहा पाएनौँ । त्यसको लागि इन्टरडिपेण्डेन्ट सर्भिस पनि गरेका थियौँ । इण्डियन कम्युनिटीहरु पनि छ, पाकिस्तानी, बंगलादेशी छन् । त्यसमध्येमा पनि हामी नेपालीहरु हङकङमा अलि पिछडिएको जस्तो लाग्छ,” उनले भनिन्, “हामी गोरखाली भएर यत्रो राम्रो काम हङकङको लागि गरेका छौँ । हाम्रो लागि पनि किन नगर्ने भन्ने आवाज उठाएको छु । आउँदो दिनमा नेपालका लागि राम्रो काम गर्ने विश्वास छ ।”
हङकङमा रोजगारीका लागि धेरै नेपालीहरु पुग्ने गरेका छन् । आन्तरिक कामदारको लागि खाडी मुलुकको भन्दा आर्थिक हिसावले र सुरक्षाका दृष्टिकोणले पनि हङकङ राम्रो रहेको गुरुङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्