जलविद्युतमा लगानी आकर्षित गर्न बिमाकाे सुरक्षा आवश्यक: अध्यक्ष ओझा


काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले जलविद्युत परियोजनाको बिमाका सवालमा गुनासाहरु धेरै रहेको बताएका छन् ।

नेपाल बिमा तथा जोखिम व्यवस्थापन संघको छैठौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले जलविद्युत परियोजनाको बीमा गर्ने सवालमा तहगत संलग्नतामा गुनासोहरु आउने गरेको बताएका हुन्। उनले बीमाको क्षेत्रमा काम गरिरहेकाहरुको सुझाव र सहयोगका आधारमा राज्यले तय गरेको प्राथमिकता अनुरुप तयारी नहुँदा लगानी आकर्षित गर्नसमेत समस्या भइरहेको बताए ।

लगानी आकर्षित र सुरक्षित बनाउनका लागि बीमाको सुरक्षा आवश्यक रहेको स्पष्ट पार्दै अध्यक्ष ओझाले बिमा सुरक्षाका लागि ऋण सहयोगको सुरक्षासँगै ऋण सहयोगको सुरक्षाका लागि रेट्रोको सुरक्षाबारे स्पष्ट हुनुपर्ने बताए ।

‘बीमाको क्षेत्रलाई थप व्यवस्थित बनाउन यो संस्थाको महत्वपूर्ण भुमिका रहेको छ । पछिल्लो केही समयमा जलविद्युत परियोजनाको बिमा गर्ने सवालमा जुन तहको संलग्नता हुनुपर्ने हो त्यो नभएको भन्ने गुनासोहरु आउने गरेका छन्,” उनले भने, “विमाको क्षेत्रमा काम गरिरहेकाहरुको सहयोग र सुझावका आधारमा राज्यको जुन प्राथमिकता तय गरेको छ त्यसैअनुरुप तयारी नहुँदा लगानी आकर्षित गर्न अवश्य कठिन हुन्छ ।”

उनले वीमा क्षेत्रको सुधारका लागि हुनसक्ने संयन्त्र बनाउनतर्फ समयानुकुल कामहरु गर्नुपर्नेमा उनकाे जाेड थियाे ।