प्रभु इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०र८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७७ प्रतिशत नगद९कर प्रयोजनका लागि० गरी कुल १८.९४७७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेकाे लाभांशसहित वित्तीय विवरण स्वीकृतीका लागि बिमा प्राधिकरणसमक्ष पेश गर्नेछ । बिमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपिछ मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ ।