काठमाडौँ । रसुवामा आएको बाढीले चारओटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
मंगलबार बिहान भोटेकोशी नदिमा आएको बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनासहित चार आयोजनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
प्रहरीकाअनुसार रसुवागढी जलविद्युत आयोजनाकाे बाँधकाे एउटा गेटनै बाढीले बगाउँदा उत्पादन पूर्णरुपमा ठप्प भएको छ । त्यस्तै बाढीले ‘रसुवागढीसँगै ६० मेगावाट क्षमताको त्रिशूली(३ ‘ए’, २१ मेगावाट क्षमताको त्रिशूली र १५ मेगावाट क्षमताको बेनीघाट जलविद्युत् आयोजनामा बाढी पसेर क्षति पुगेको प्रहरीले जनाएकाे छ ।
योसँगै आजदेखि दुईसय मेगावाट क्षमताका विद्युत् उत्पादन बन्द भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्