सार्वजनिक विद्यालयहरुलाई निजी विद्यालयको स्तरमा पु¥याउने गरी काम भइरहेको छः मन्त्री पन्त


काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले सामुदायिक र सार्वजनिक विद्यालयहरुलाई पनि निजी विद्यालयको स्तरमा पु¥याउने गरी काम अघि बढाइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा सांसदहरुले उठाएकाे जिज्ञासाको जवाफ दिँदै उनले राज्यले यथेष्ठ लगानी गर्नसक्यो भने निजी स्तरकै सरकारी विद्यालयहरु बन्ने दाबी गरे ।

सरकारले उच्च शिक्षालाई पनि समयानुकुल बनाउन चाहेको उनकाे भनाइ छ । निजी विद्यालयलाई पनि गुठीको मोडेलमा ल्याउन प्रयत्नरत रहेको उनले बताए ।

मन्त्री पन्तले सरकारले विद्यालय शिक्षा विधेयक चालु अधिवेशनबाटै पारित गर्नेगरी काम गरिरहेको पनि बताए ।