सौर्य एयरलाइन्स जहाज दुर्घटनाको अन्तिम प्रतिवेदन सार्वजनिक


काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले उक्त प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

आयोगले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार विमान धावनमार्गबाट टेकअफ गर्दा तौल र स्पिडको सन्तुलन नमिलेको पाइएको हो ।

सौर्य एयरलाइन्सको उक्त जहाज ९ साउन २०८२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडानका लागि टेकअफ गर्ने क्रममा धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा जहाजमा सवार १९ मध्ये १८ जनाको ज्यान गएको थियो भने पाइलट मनिष शाक्यलाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको थियो।