काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गको अन्तर्गत जुरे सडक खण्ड अवरुद्ध भएको छ ।
पहिले गएको पहिरोकै माथिल्लो स्थानबाट लेदोसहितको पहिरो आउँदा शनिबार रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
उनका अनुसार अहिले पहिरो पन्छाउन एक्स्काभेटर, लोडर प्रयोग भइरहेको छ । स
सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्। पहिरोसँगै जुरेमा बिजुलीको पोलसमेत ढल्दा यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनएको छ।
प्रतिक्रिया दिनुहोस्