काठमाडौँ । आज शनिबार देशभर आंशिकदेखि साधारण बदली रहने जलवायु विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार देशका पहाडी भू-भागमा साधारणतया बदली रही, बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ।
दिउँसो पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमानमा उल्लेख छ।
यस्तै, रातिको समयमा पनि कोशी प्रदेश सहित देशका पहाडी भू-भागहरूमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाड र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागहरूमा पनि हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्